काठमाडौँ, ११ साउन । साइबर क्राइमको अभियोगमा दुईजना पत्रकार पक्राउ परेको नेपाल पत्रकार महासंघले जानकारी दिएको छ । नेपाल समाचारपत्र दैनिकका सहसम्पादक लेखनाथ अधिकारी र पत्रकार गोकर्ण भट्टलाई प्रहरीले साइबर क्राइमको अभियोगमा पक्राउ गरेको हो ।
अधिकारीलाई आइतबार महानगरीय अपराध अनुसन्धान महाशाखा हनुमानढोकाले पक्राउ गरेको हो । उहाँलाई साइबर क्राइम गरेको भनिए पनि प्रहरीले अभियोग भने खुलाएको छैन । अधिकारीलाई
पक्राउ गरिएको जानकारी लगत्तै नेपाल पत्रकार महासंघका पदाधिकारीहरु हनुमानढोका पुगेका छन् ।
महासंघका ललितपुर सदस्य समेत रहेका गोकर्ण भट्टलाई प्रहरीले १० दिनदेखि साइबर क्राइममा पक्राउ गरि थुनामा राखेको भन्दै महासंघले यथार्थ जानकारी गराउन माग गरेको छ ।
यसैबीच महासंघका महासचिव उजीर मगरले आइतवार वक्तव्य निकालेर भट्टलाई पक्राउ गर्नुको कारण सार्वजनिक गर्न र साइबर क्राइममा पत्रकारलाई बिनाकारण नफसाउन प्रहरीलाई आग्रह गर्नुभएको छ ।
















प्रतिक्रिया