कतार । किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा शाखा कतार र किरात सुनुवार सेवा समाज कतारको संयुक्त पहलमा मृगौला पिडीत तारा नेम्वाङलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
कतारमा स्थापित तीन वटा किराती संस्थाहरुको संयुक्त पहलमा १ लाख १२ हजार ३ सय ७० रुपैयाँ किरात याक्थुङ चुम्लुङ नेपालका महासचिव लीला सिंगक मार्फत पिडीतलाई हस्तान्तरण गरिएको कुरा कियाचु कतारका अध्यक्ष लोकेन्द्र कुमार तुम्रोकले जानकारी दिनुभयो ।
पाँचथर रानीटार गा.वि.स.वडा नं. ४ माकलिम्वा स्थायी घर भएकी तारा नेम्वाङको जीवन रक्षाका लागि आर्थिक संकलन गर्न कियाचु कतारले संयोजक संस्थाको भुमिका निर्वाह गरेको थियो भने किरात राई यायोक्खा शाखा कतार र किरात सुनुवार सेवा समाज कतारले सहसंयोजकको भुमिका निर्वाह गरेका थिए ।

किरात याक्थुङ चुम्लुङ कतारले सहयोग संकलन अभियानमा अहोरात्र खटि अतुलनिय योगदान गर्नु हुने सम्पुर्ण संघ संस्था र सहयोगदाताहरुलाई विशेष धन्यवाद ज्ञापन गरेको छ ।
युएईमा हत्याको आरोप लागेर मृत्यु दण्ड सुनाईएका अनिश खालिङ्ग राईको सकुसल रिहाईका लागि तीनवटै किराती संस्थाले संयुक्त रुपमा आर्थिक संकलन गरे पछि यो दोश्रो पटक पहल गरेको हो । यस्तो अनुकरणिय सामाजिक कार्यको थालनी कतारवाट भएकोमा कसैको दुई मत नहोला यस्तो कार्यको विश्वमा छरिएर रहेका संघ संस्थाहरुले अनुसरण गरेको खण्डमा असाहय नेपालीहरुले थोरै भए पनि राहत पाउँने थिए ।














प्रतिक्रिया