३० आश्विन २०८३, शुक्रबार

१९५० को सन्धी पुनरावलोकन गर्ने सहमति सकारात्मकः बाबुराम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai

काठमाडौं, १० साउन । काठमाडौंमा शनिबार सम्पन्न नेपाल भारत संयुक्त आयोगको बैठकमा १९५० को सन्धी पुनरावलोकन गर्ने सहमतिलाई पूूर्वप्रधानमन्त्री एवं एमाओवादी नेता डा. बाबुराम भट्टराईले सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो प्रतिक्रिया दिनुभएको हो । ‘सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्रीसन्धी पुनरावलोकन गर्ने सहमति सकारात्मक छ,’ उहाँले भन्नुभएको छ,’ ‘१९५० को सन्धी र त्यससँग आदानप्रदान भएको चिठी नै नेपाल भारत सम्वन्धको समस्याको प्रमुख जड भएको थियो ।’

नेपाल भारत संयुक्त आयोगको बैठकमा १९५० को सन्धी पुनरावलोकन गर्नेलगायतका २६ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो ।