सङ्खुवासभा, ११ साउन । सङ्खुवासभाको धरान–धनकुटा–वसन्तपुर हुँदै चैनपुरसम्म पुग्ने सडक वर्षात्सँगै हिलाम्मे हुँदा यात्रीहरुले निकै सास्ती खेप्नुपरेको छ ।
त्यसमा पनि मुढे शनिश्चरे सडकखण्ड हुँदै चैनपुरसम्म यात्रा गर्न त यात्रीहरुलाई हदैसम्मको सास्ती हुने गरेको छ । यो सडकखण्डअन्तर्गत ५१ किलोमिटर सडक मर्मत गर्न भन्दै ठेकेदारहरुले पूर्वाञ्चल सडक डिभिजन कार्यालयमार्फत दुई महिनाको बीचमा रु ५० लाखभन्दा बढी खर्चिसकेका छन् ।
सडक डिभिजन कार्यालय धनकुटाले बिग्रिएको सडकखण्डका ठाउँठाउँमा ग्राभेल गर्ने, ग्याविन भर्ने, भत्केका नाली निर्माण गर्ने कार्य भएको बताउँदै आए पनि सो सडकखण्डका दर्जनभन्दा बढी ठाउँमा तीन फुट गहिरो खाल्डो परेर सवारी साधन गाडिने गरेको यात्री भक्तबहादुर गुरुङले बताए ।
यो सडक मात्र होइन जिल्लाकै व्यापारिक बजारका रुपमा चिनिने पोखरी चैनपुर सडकखण्डको हालत पनि झन नाजुक बनेको छ । चैनपुरबाट १४ किलोमिटर टाढा रहेको यो बजार क्षेत्रको सडक अहिले बाहुनडाँडादेखि गुम्बा छेउसम्म रोपाइँ गर्न ठीक गरिएझैँ हिलाम्मे भएपछि न त गाडी नै गुड्छ न त पैदल यात्रा गर्नेलाई नै सहज छ ।
















प्रतिक्रिया