३० आश्विन २०८३, शुक्रबार

अवैध हतियार बुझाउन प्रहरीको अपिल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestol

दार्चुला, ११ असार । जिल्ला प्रहरी कार्यालय दार्चुलाले अवैध हातहतियार तथा खरखजाना बुझाउन आग्रह गरेको छ ।

शान्ति सुरक्षा सुव्यवस्थित बनाउन गृह मन्त्रालयको आदेशअनुसार जिल्ला प्रहरी कार्यालयले मातहतका सबै प्रहरी युनिटहरूबाट अवैध हातहतियार तथा खरखजाना बुझाउन जिल्लाभरि पत्राचार गरेको दार्चुलाका प्रहरी नायब उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो ।

अवैध रूपमा हातहतियार तथा खरखजाना राख्न नपाइने र सूचनाको अटेर गरी अवैध हातहतियार नबुझाउनेलाई कारबाही गरिने उहाँको भनाइ छ ।

यसैबीच जिल्ला सदरमुकाम खलङ्गाको सुरक्षा व्यवस्थालाई पनि सुदृढ बनाइएको केसीले बताउनुभयो । खलङ्गा बजारमा रातिको समयमा हुन सक्ने चोरी डकैतीका घटनालाई लक्षित गरी रातिको गस्तीलाई थप प्रभावकारी ढङ्गले परिचालन गरिएको उहाँको भनाइ थियो ।