काठमाडौं, ११ साउन । नेपाल–भारतबीच सन् १९५० को शान्ति तथा मैत्री सन्धि अद्यावधिक र आवश्यक संशोधन गर्ने सहमति भएको छ। नेपाल(भारत संयुक्त आयोगको काठमाडौंमा शनिबार सम्पन्न बैठकमा यस्तो सहमति भएको हो।
परराष्ट्रमन्त्री महेन्द्र पाण्डे र उनका भारतीय समकक्षी सुषमा स्वराजले संयुक्त रूपमा नेतृत्व गरेको नेपाल–भारत संयुक्त आयोगको बैठकले दुवै देशका परराष्ट्र मन्त्रालयका सचिवलाई सन्धिमा केकस्तो परिवर्तन गर्ने भन्ने विषयमा सिफारिस गर्न निर्देशन दिएको दुवै देशका तर्फबाट जारी संयुक्त वक्तव्यमा उल्लेख रहेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
सन्धि संशोधन अध्ययन र सिफारिस गर्न दुई देशका परराष्ट्र सचिबको नेतृत्वमा सांसद, कानुनविद्, अर्थविद र नागरिक समाजका प्रतिनिधि सम्मिलित समूह बनाइनेछ। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार समूहले दुई बर्षभित्र सन्धि संसोधनको आवश्यक सिफारिस गरिसक्ने सहमति भएको छ।