३० आश्विन २०८३, शुक्रबार

एमालेको महाधिवेशन अरुका लागि पनि अनुकरणीयः खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhalanath

काठमाडौँ, १० साउन । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ एमालेको नवौँ महाधिवेशनको सबैका लागि अनुकरणीय भएको बताउनु भएको छ ।

एमाले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई दिन काठमाडौं जिल्ला कमिटीले शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

‘एमालेले गरेको लोकतान्त्रिक अभ्यास, कार्यकर्ताको बुद्धिमत्ताबाट साझा नेतृत्व चयन, पार्टीलाई वैचारिक, सांगठनिक र राजनीतिक रुपमा एकताबद्ध गर्ने कुरा अन्य पार्टीका लागि पनि अनुकरणीय छ,’ उहाँले भन्नुभयो ।

उक्त कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले नवौं महाधिवेशनले पार्टीको सांगठनिक जीवनको लोकतान्त्रिकरण गरेको दाबी गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसर पारेर गरिएको उक्त कार्यक्रममा श्रेष्ठको सम्झना गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष भीम रावललगायतका नेताको उपस्थिति रहेको थियो ।