३० आश्विन २०८३, शुक्रबार

डोल्पाको जुफाल विमानस्थल शनिवारदेखि सुचारु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Airport-Dolpa-Jufalडोल्पा, १० साउन । सात दिनअघिदेखि अविरल वर्षातले गर्दा अवरुद्ध भएको डोल्पाको एकमात्र जुफाल विमानस्थल शनिवारदेखि सुचारु भएको छ ।

प्रतिकूल मौसम तथा लगातार वर्षात् भएपछि विमानस्थलमा हिलो बढी भई विमानस्थल अवरुद्ध भएकाले विमान कम्पनीहरुले उडान भर्न सकेका थिएनन् ।

आजदेखि वर्षात् रोकिएको र घाम लागेकाले विमानस्थलको हिलो सुकी अनुकूल मौसम भएकाले विमानस्थल सुचारु भएको हो । आज तारा एयरलाइन्सले एउटा उडान भरेको छ भने अरु एयरलाइन्सले उडान भर्न सकेका छैनन् ।

विमानस्थल सुचारु नहुँदा एकातिर दैनिक उपभोग्य वस्तुको अभाव भएको थियो भने अर्कोतिर सेवा लिन पुगेका सर्वसाधारण बिरामी, पर्यटकसमेत आ–आफ्नो गन्तव्यसम्म पुग्न सकेका थिएनन् ।

कच्ची हवाई मैदान भएको यस विमानस्थलमा नेपाल एयरलाइन्स, तारा एयरलाइन्स, गोमा एयरलाइन्स, मकालु एयरलाइन्सलगायतका विमान कम्पनीले उडान भर्ने गर्दछन् ।

एक उडान भएपनि अन्य उडानका आशमा ठुलो संख्यामा यात्रुहरु विमानस्थलमा प्रतिक्षारत छन् ।