काठमाडौं, १० साउन । धरान ४ छाताचोकबाट नगद र सुन चाँदीसहित शनिबार दीपक अग्रवाल पक्राउ परेका छन् ।
उनलाई प्रहरीले तस्करीमा संलग्न भएको आरोपमा पक्राउ गरेको हो। भारतको जोगवनीबाट तस्करी गरेर ल्याएको सूचनाको आधारमा नगद र जिन्सीसहित अग्रवाल पक्राउ परेका हुन् ।
प्रहरीले उनको घरबाट श्रोत नखुलेको ५२ लाख रुपैयाँ, ७० किलो चाँदीसहित सुनका गहनाहरु समेत बरामद गरेको छ । सूनको परिमाण भने प्रहरीले बताएको छैन ।
अग्रवाल धरान–८ तीनकुने स्थित औद्योगिक क्षेत्रमा प्लाष्टिक फ्याक्ट्री संचालन गर्ने अग्रवाललाई सुनचादी तस्करी भइरहेको सुराकीको आधारमा प्रहरीले जोगवनीदेखि खनार हुदै घरसम्म पच्छ्याएको थियो ।
ु
















प्रतिक्रिया