काठमाडौं, १० साउन । विद्यार्थीलाई शिक्षाको उज्यालो ज्योति दिने शिक्षकको लापरबाहीका कारण एक बालिका आँखाको ज्योति गुमाउने अवस्थामा पुगेकी छिन् ।
दाङको घोराही नगरपालिका–४ चौघेरामा रहेको मनकामना बोर्डिङ स्कुलमा पढाउने एक शिक्षकको पिटाइका कारण कक्षा ७ मा अध्यनरत चौघेरा निवासी १२ वर्षीया रसीयाली बुढाले आँखाको ज्योति गुमाउने अवस्था उत्पन्न भएको हो ।
गत आषाढ १८ गते शिक्षक सोम पौडेलले अक्षर राम्रो नलेखेको भन्दै सबै विद्यार्थीहरुलाई सामूहिक रुपमा लाइन लगाएर पिट्न्ने क्रममा रसीयालीको आँखामा छडी लागेको थियो ।
उनी छडी लागेपछि बेहोस भएकी थिइन् । अहिले पनि उनको आँखामा समस्या देखिएको छ ।
















प्रतिक्रिया