काठमाडौं, १० साउन । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शनिवार राष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गर्नुभएको छ ।
उहाँले राष्ट्रपति डा. यादवलाई राष्ट्रपति भवन शीतल निवास पुगी भेट गर्नुभएको हो ।
राष्ट्रपतिसँगको भेटमा दुई देशबीचको आपसी हितका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी शिष्टाचार भेटमा नेपाल र भारत दुवै पक्षका उच्च पदस्थ अधिकारीको समेत उपस्थित रहेको जनाइएको छ ।
















प्रतिक्रिया