२९ आश्विन २०८३, बिहिबार

४ सय रिंगेट जरिवाना तिरे मलेसियाबाट अबैधानिक श्रमिक स्वदेश फर्किन सक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malasaya-kamdarक्वालालम्पुर, १० साउन । मलेसियामा अबैधानिक रुपमा बसेका बिदेशी श्रमिकलाई घर स्वदेश फर्किन यहाँको सरकारले नयाँ अवसर दिएको छ ।

नयाँ नियम अनुसार ४ सय रिंगेट जरिवाना तिरेपछि मलेसियामा अबैधानिक रुपमा बसेका बिदेशी कामदार स्वदेश फर्किन सक्ने छन् ।

मलेसियाले हालसम्म अबैध बसाईको अबधिअनुसार २ देखि ३ हजार रिंगेटसम्म जरिवाना लिने गरेको थियो ।

त्यसमा भारी कटौति गरेर यहाँको सरकारले ४ सय रिंगेटमा झारेको हो । जरिवाना रकम महंगो भएपछि धेरैजसो अबैध कामदार त्यसप्रति आर्कषिर्त नभएको ठहर गर्दै मलेसिया सरकारले जरिवाना रकममा यस्तो कटौती गरेको हो ।

मलेसियाका गृहमन्त्रीलाई उदृत गर्दै यहाँको दैनिक पत्रिका स्टारले उक्त योजनाअनुसार करिव २ लाख इन्डोनेसियन अबैध कामदारलाई स्वदेश पठाउन लागिएको जनाएको छ ।

गृहमन्त्री अहमद जाहिद हमिदिले भने ‘अफर अन्र्तगत सवै बिदेशी कामदार घर फर्किन पाउनेछन, अहिले इद उल फित्रको अबसर पारेर इन्डोनेसियन कामदारलाई घर फिर्तिका लागि प्रोत्साहन गरिएको छ ।’

जुलाई १८देखि सुरु भएको अफर डिसेम्बर ३१ सम्म जारी रहने छ । सन् २०११ यता मलेसिया सरकारले पटकपटक अबैध कामदारलाई आममाफी प्रकृया अन्र्तगत घर फर्किने अबसर प्रदान गर्दै आएको छ ।