२९ आश्विन २०८३, बिहिबार

बिषादी नष्ट गर्न खोज्दा झडप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kalimati Ma Bisadiकाठमाडौं, १० साउन । कालिमाटी फलफूल तथा तरकारी बजारमा शुक्रबार बिषादी नष्ट गर्ने क्रममा अनुगमन टोली, सुरक्षाकर्मी र व्यवसायीबीच झडप भएको छ। झण्डै तीन घन्टाको तनावपछि अहिले कालीमाटीको स्थिति सामान्य भएको छ।

बिषादी नष्ट गर्ने क्रममा विवाद हुँदा व्यवसायी तथा सुरक्षाकर्मी तथा कर्मचारीबीच हात हालाहाल भएको थियो। बोडीमा बिषादीको निषेध दर उच्च भेटिएपछि तरकारी नष्ट गर्न खोज्दा व्यवसायीले संगठित प्रतिरोध गरेका थिए।

व्यवसायीले बिषादीयुक्त तरकारी नष्ट गर्न नदिन धेरै बेरसम्म कर्मचारी तथा सुरक्षाकर्मीलाई घेरावन्दी गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

द्रुत बिषादी अवशेष बिश्लेषण इकाईले नियमित परीक्षणको क्रममा सर्लाहीको लालबन्दीबाट ल्याइएको बोडीमा बिषादीको निषेध दर उच्च मात्रामा भेटेको थियो।

बजारका व्यवसायीले तरकारीमा किसानले बिषादी हालेकाले खेतबाटै तरकारी नियन्त्रणमा लिएर नष्ट गर्नुपर्ने अडान राखेका कारण तनाव उत्पन्न भएको थियो।

उनीहरूले सरकारले क्षतिपूर्ति उपलब्ध गराएर मात्र उच्च बिषादीयुक्त तरकारी नष्ट गर्न दिने भन्दै द्रुत बिषादी अवशेष बिश्लेषण इकाईका सम्बद्ध कर्मचारी तथा सुरक्षाकर्मीलाई घेराउ गर्दै नाराबाजी गरेका थिए।