२९ आश्विन २०८३, बिहिबार

अब बाबुआमाले छोराछोरी पिट्न नपाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Balika Nepaliकाठमाडौं, १० साउन । छोराछोरीलाई तह लगाउने नाममा बाबुआमा हुन् वा विद्यार्थीलाई अनुशासित बनाउने नाममा शिक्षकशिक्षिकाले सामान्य रूपले पनि कुटपिट गर्न नपाउने भएका छन्।

बालबालिकासम्बन्धी ऐन २०४८ लाई संशोधन गर्न व्यवस्थापिका संसद्मा पेस गर्न लागिएको मस्यौदामा कुटपिट गर्न नपाइने प्रावधान राखिएको छ।

मस्यौदामा ऐनको दफा ७ मा रहेको बाबुआमा, परिवारका सदस्य, संरक्षक वा शिक्षकले बालकको हितका लागि सामान्य पिटाइलाई यातनापूर्ण व्यवहार नमानिने प्रावधान परिवर्तन गरिने उल्लेख रहेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले लेखेको छ । छ।

उक्त दफामा ‘क्रूर वा यातनापूर्ण व्यवहार गर्न नहुनेु शीर्षकअन्तर्गत, उल्लेख छ, ‘बालकप्रति क्रूर वा यातनापूर्ण व्यवहार गर्नु हुँदैन। तर बाबुआमा, परिवारका सदस्य, संरक्षक तथा शिक्षकले बालकको हितका लागि हप्काएको वा सामान्य पिटाइ गरेकोमा यस दफाको उल्लंघन मानिने छैन।’ संशोधन मस्यौदा उक्त दफामा रहेको सामान्य पिटाइ हटाएर ‘हप्काएकोमा’ मात्रै राखिएको छ।

मौजुदा ऐनको उक्त दफामा बालकमात्र भनिएकोमा संशोधन गर्न बनाइएको प्रस्तावमा बालबालिका राखिएको छ। प्रस्तावित प्रावधानसहित ऐन संशोधन भए बालबालिकालाई कुनै पनि बहानामा कसैले कुनै पनि स्तरको पिटाइ गर्न पाइनेछैन।