२९ आश्विन २०८३, बिहिबार

शव नेपाल नआएपछि परिवारलाई चिन्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

katar-1

काठमाडौँ, ९ साउन । विदेशमा गएर धन कमाउँने अनि परिवार पाल्ले सपना बोकेर वैदेशिक ररोजगारीका लागि कतार गएका रोल्पाका एक युवकले पैसा त ल्याउन सकेनन् नै उनको शव समेत नेपाल ल्याउन समस्या भएको छ ।

करिब एक महिना अगाडि कतारको रियाद पुगेका रोल्पा नुवागाउँ–८, डाँडागाउँका हरिभक्त पुन मगरको गाडीको ठक्करबाट कतारै ज्यान गएको हो ।

उनको शव नेपाल ल्याउन समेत समस्या भएको भन्दै उनका परिवारजनले दुखेसो गरेका छन् । परिवारजनका अनुृसार मगरको शव कतारको अस्पतालमा अलपत्र छ ।

तरकारी किनेर डेरामा फर्किने क्रममा उनलाई गाडीले ठक्कर दिएको थियो । उनको ५ दिन अघि उनको मृत्यु भएको हो ।