२८ आश्विन २०८३, बुधबार

साउदी अरबमा करोडपतिले भीख मागेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

beggar

साउदी अरबमा भीख माग्न पाइदैन । तर, भीख मागेको अभियोगमा पक्राउ परेका एक भिखारीको सम्पत्तिको विवरण सुनेर पुलिसहरु आफै दंग परेका छन् ।

भीख मागिरहेका उक्त व्यक्तिलाई सोधपुछ गर्ने क्रममा पुलिसहरुले उक्त व्यक्तिसँग तीन लाख डलरको सम्पत्ति भएको पत्ता लगाएका छन् । उनको निकै शानदार फ्ल्याट, कार र उत्कृष्ट जीवनशैली भएको पाइएको छ ।

मदिना पुलिसका प्रवक्ता फहद अल गनमका अनुसार उनलाई शंकाको आधारमा पक्राउ गरिएको हो ।

ती व्यक्तिलाई भीख माग्ने पेशामा उनकी श्रीमती र तीनजना छोराछोरीहरुले पनि सहयोग गर्ने पाइएको छ ।

भीख माग्ने यो परिवार साउदी अरबमा अवैध रुपमा बस्दै आएको र यो परिवार निकै महँगो फ्ल्याटमा बस्ने र कतै यात्रा गर्दा आफ्नै कारमा यात्रा गर्ने पाइएको छ ।