३० आश्विन २०८३, शुक्रबार

जेलमा रहेकालाई छुटाउने भन्दै पैसा खाने राई आफै पक्राउ परे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau-final18

सुनसरी, ९ साउन । खम्बुवान राष्ट्रिय मोर्चा नेपाल पार्टीका अध्यक्ष शिखर राई पक्राउ परेका छन् ।

उनी ठगीको आरोपमा धरानमा पक्राउ परेका हुन् । धरानमा विभिन्न अपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई हिरासतबाट छुटाइदिने भन्दै उनले रकम असुल्ने आरोप प्रहरीले लगाएको छ ।

प्रहरीले ५० हजार नगदसहिद राईलाई धरानबाट पक्राउ गरेको हो ।

सार्वजनिक अपराधमा पक्राउ परेका धरान १७ का किशोर राईलाई छुटाउनका लागि प्रहरीलाई ‘पैसा खुवाउनु पर्छ’ भन्दै राईले किशोरकी दिदीसँग ५० हजार रकम मागेका थिए ।

पक्राउ परेका राई दोस्रो संविधानसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट खम्बुवान राष्ट्रिय मोर्चा नेपाल पार्टीबाट समानुपातिक तर्फबाट सभासदका उम्मेदवार समेत रहेका थिए ।