१ कार्तिक २०८३, आइतबार

सुष्मा स्वराज आज नेपाल आउँदै, यस्तो छ स्वराजको भ्रमण तालिका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushma-Swarajकाठमाडौँ, ९ साउन । २३ वर्षपछि हुन लागेको नेपाल–भारत संयुूक्त आयोगको बैठमा भाग लिन भारतीय विदेशमन्त्री सुष्मा स्वराज शुक्रवार साँझ नेपाल आउँदै हुनुहुन्छ । उहाँ तीनदिने औपचारिक भ्रमणको सिलसिलामा नेपाल आउन लाग्नु भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनु भन्दा नौ दिन अघि आउन लाग्नु भएकी स्वराज सहभागी बैठकमा आर्थिक सहयोग, व्यापार तथा पारवहन, जलस्रोत, सीमा व्यवस्थापन, सुरक्षालगायतका बारेमा छलफल हुने बुझिएको छ ।

त्यसैगरी बैठकमा नेपालको जलविद्युत, काठमाडौँ–तराई द्रुतमार्ग, हुलाकी राजमार्ग, बैतडीको झुलाघाट पुल र महाकाली पुल तथा क्रिकेट एकेडेमी निर्माण, माथिल्लो कर्णाली, माथिल्लो मस्र्याङ्दी र अरूण तेस्रोे परियोजना विकास सम्झौता गर्ने तयारीका बारेमा पनि छलफल हुने बुझिएको छ ।

९ जनाको टोली लिएर नेपाल भ्रमणमा आउनुहुने स्वराजले भारतीय प्रधानमन्त्री मोदीसँग बिहीबार नै भेट गरिसक्नु भएको छ ।
स्वराजको भ्रमण तालिका यस्तो छः

शुक्रवार

साँझ ५ बजेर ३० मिनेटमा त्रिभूवन बिमानस्थलमा अवतरणसँगै दुतावासका पदाधिकारीहरूद्वारा स्वागत

६ बजे –बिमानस्थलबाट सीधा, बत्तीसपुतलीस्थित द्ववारिकाज होटल

७ बजे दुतावासका पदाधिकारीहरूसँग परिचय र विशेष बैठक

८ बजेदेखि नेपालका सरकारी प्रोटोकलहरू, बिभिन्न निकायका प्रमुखहरूसँँग डिनर

शनिवार
बिहान ७ बजेदेखि ९ बजे सम्म ब्यक्तिगत भेटघाट

९ बजेदेखि मधेशी दलका प्रमुख नेताहरूसँग भेटघाट

११ बजे नेपालका परराष्ट्र मन्त्रीसँग भेटघाट

१२ बजेर १५ मिनेटबाट नेपाल भारत संयूत्त बैठकमा सहभागी

२ बजे राष्ट्रपति भवन गई राष्टपतिसँगं भेटघाट

२ बजेर ३० मिनेटमा संविधानसभा अध्यक्ष र प्रधानन्याधीशसँग भेटघाट
३ बजेदेखि प्रधानमन्त्री, उपराष्ट्रपति, उपप्रधानमन्त्री पूर्वप्रधानमन्त्री तथा प्रमुख नेताहरूसँग भेटघाट

साँझ ७ बजेदेखि परराष्ट्र मन्त्रीद्वारा याक एण्ड यति होटेलमा आयोजन हुने रात्रिभोजमा सहभागी

आइतबार
बिहान ६ बजे पशुपतिनाथमा पूजाआजा गर्न जाने

पशुपतिबाट फर्केपछि – होटेल द्वारिकामै ब्यक्तिगत भेटघाट

१० बजे भारतीय राजदूतसहितका पदाधिकारीहरूसँग बिषेश बैठक

१० बरेर ३० मिनेटमा बिमानस्थल प्रस्थान

११ बजे बिमानस्थलमै पत्रकार सम्मेलन (आवश्यक भएमा)

११ बजेर ३० मिनेटमा भारतका लागि दिल्ली प्रस्थान