१ कार्तिक २०८३, आइतबार

२० सचिवको पद रिक्त, अवकाश दुई सचिवले शुक्रवारै पाए नयाँ नियुक्ती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singhadarbar6

काठमाडौं, ९ असार । शुक्रवारदेखि विभिन्न मन्त्रालय र निकायमा २० सचिवको पद रिक्त भएको छ । असार मसान्तसम्म विभिन्न मन्त्रालय र निकायमा ७ सचिव रिक्त थिए ।

शुक्रबारदेखि मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बास्कोटा, अर्थमन्त्रालयका सचिव युवराज भुषाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव केशवप्रसाद भट्टराई, लोकसेवा आयोगका नाथुराम चौधरी, उद्योग मन्त्रालयका सचिव कृष्ण ज्ञवाली, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव प्रविण मिश्र, राष्ट्रिय सूचना आयोगका सचिव श्रीराम पन्तले अवकाश पाउनु भएको छ ।

त्यसैगरी शुक्रवारदेखि नै सहरी विकास मन्त्रालयका सचिव किशोर थापा, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव सुशील घिमिरे, वन मन्त्रालयका सचिव गणेशराज जोशी, युवा तथा खेलकुद मन्त्रालयका सचिव प्रतापकुमार पाठक, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव दिनेशहरि अधिकारीले पनि अवकाश पाउनु भएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रका सचिव हरिप्रसाद नेपालले साउन ५ गते नै अवकाश पाइसके सक्नु भएको छ । महालेखा परीक्षकको कार्यालयकी सचिव विमला सुवेदीले साउन २७ गते अवकाश पाउँदै हुनुहुन्छ । साउनमा रिक्त भएका सचिवहरुको ठाउँमा सरकारले बरिष्ठतम सहसचिवमध्येबाट कामु दिनुपर्नेछ । ती ठाउँमा नयाँ सचिवको सिफारिस तथा नियुक्ति पुस मसान्तमा मात्र हुने व्यवस्था छ ।

शुक्रवारबाट अवकाश लिएका दुई जना सचिवलाई भने शुक्रबारकै मन्त्रिपरिषद बैठकले क्याबिनेट बैठकले प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक र प्रशासन सुधार सुझाव आयोगको अध्यक्षमा नियुक्त गरेको छ ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलका सम्धीसमेत रहनु भएका भुसाललाई प्रतिष्ठानको कार्यकारी निर्देशकमा र मन्त्रिपरिषद कार्यालयका सचिव बास्कोटालाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो । भुषालले अर्थ मन्त्रालयको सचिवबाट शुक्रबारै अवकाश लिनुभएको हो ।