१ कार्तिक २०८३, आइतबार

गर्भवतीहरुका लागि पुस्तकालयको निःशुल्क एम्बुलेन्स सेवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ambulance-2

चितवन, ९ साउन । गर्भवतीहरु शतप्रतिशत अस्पतालमा सुत्केरी हुन् भन्ने उद्देश्यले चितवनको बछौलीमा रहेको झुवानी सामुदायिक पुस्तकालयले गाविसमा रहेका गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा दिदैँ आएको छ ।

झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष केशवराज आचार्यले दिएको जानकारी अनुसार यस्तो अभियान चलाएसँगै घरमा सुत्केरी गराउने महिलाको संख्यामा निक्कै कमी आएको छ ।

कतिपय पैसाको अभावमा छटपटाइरहेका हुन सक्छन्, यस्तो जानकारी आएमा तुरुन्तै एम्बुलेन्स पठाएर उद्धार गर्ने गरिएको आचार्यले जानकारी दिनुभयो ।

‘उपचारको अभावमा चितवनकै धेरै क्षेत्रमा अझै पनि गर्भवती महिलाको अकालमै ज्यान जाने गरेको छ । यस्तो समयमा पुस्तकालयले सराहनीय कार्य गरेको भन्दै स्थानीयले प्रशंसा गरेका छन्,’ उहाँले भन्नुभयो ।

यो वर्षबाट पुस्तकालयले गर्भवती महिलालाई घरघरमै पुगेर पहिचान गर्ने र उनीहरुको स्वास्थ्य अवस्था पत्ता लगाउने र यदि स्वास्थ्य प्रतिकूल भए तत्कालै अस्पताल लैजान सहयोग गर्ने गरेको स्थानीयले बताएका छन् ।

नेपाल सरकारले अस्पतालमा सुत्केरी गराउँदा महिलालाई भत्तासमेत दिने गरे पनि गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण नगराउने र सुत्केरी गराउन कर्म मात्र अस्पताल जाने गरेका छन् ।

यस्तो बेला बछौलीमा भएको यस्तो अभियानले एउटा नयाँ सन्देश दिएको स्वास्थ्य स्वयम्सेविका अर्चना दवाडीको भनाई छ । सामुदायिक पुस्तकालयले समाजमा समेत विभिन्न कार्यक्रम सञ्चालन गरेर नमुना काम गरेको भन्दै अन्तर्राष्ट्रियस्तरको ‘पिपुल च्वाइस अवार्ड’ समेत जित्न सफल भएको छ ।

पुस्तकालयले निःशुल्क स्वास्थ्य परीक्षण, सामाजिक शिक्षा तथा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।