१ कार्तिक २०८३, आइतबार

घुस लिँदालिँदै प्रहरी असई पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa

काठमाडौँ, ८ साउन । वुटवलस्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रामप्रसाद पौडेल घुस लिँदालिँदै पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले उनलाई रु एक लाख ५० हजार घुस लिँदालिदै बुटवलको एक होटलबाट आज पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार दुई व्यक्तिबीच भएको ऋण लेनदेनको कारोवारमा ऋणी फरार भएपछि पीडितले उक्त कारोवारमा जिम्मा जमानी बसेका व्यक्तिमाथि कानुनबमोजिम कारवाही गर्न उक्त कार्यालयमा गरेको उजुरीको क्रममा पक्राउ परेका ती व्यक्तिका तर्फबाट घुसवापत उक्त रकम लिएका हुन् ।

अभियुक्त पौडेललाई आयोगको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको पनि प्रवक्ता सापकोटाले बताउनुभयो ।