३ कार्तिक २०८३, मंगलबार

मानव विकासमा नेपालको सुधार, पाकिस्तान र अफगानिस्तान नेपाल भन्दा पछाडि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singhadarbar6

काठमाडौँ, ८ साउन । मानव विकासमा नेपालले केही सुधार गरेको छ । मानव विकास सूचकांकमा गतवर्ष एकसय ५७ औं स्थानमा रहेको मुलुक यो बर्ष एकसय ४५ औं स्थानमा उक्लेको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले बिहीबार जापानको राजधानी टोकियोमा सार्वजनिक गरेको मानव विकास प्रतिवेदनमा दक्षिण एसियाली मुलुक पाकिस्तान र अफगानिस्तानभन्दा नेपाल माथि रहेको छ । पाकिस्तान एकसय ४६ र अफगानिस्तान एकसय ६९ औं स्थानमा छन् ।

एकसय ८७ मुलुक मध्येबाट नेपाललगायत दक्षिण एसियाली देशले ती स्थान प्राप्त गरेका हुन् । न्यून मानव विकासको सूचीमा रहेका दक्षिण एसियाली राष्ट्रमध्ये श्रीलंकाले अग्र स्थान ओगटेको प्रतिवेदनमा उल्लेख छ । श्रीलंका ७३ औं स्थान प्राप्त गर्न सफल भएको छ ।

शिक्षा क्षेत्रमा भएको प्रगति र आयका सूचकाङ्कका आधारमा नेपालले सन्तोषजनक सुधार गरेको उल्लेख गर्दैै प्रतिवेदनमा लैङ्गिक विकास सूचकाङ्कमा पनि नेपालले झिनो सुधार गरेको जनाइएको छ । लैङ्गिक विकास सूचकाङ्कमा एकसय दुई स्थानमा रहेको नेपाल ९८ औं स्थानमा उक्लन सफल भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

यहाँस्थित युएनडिपीले जारी गरेको विज्ञप्तिमा धरमराउँदो गरिबीको दर, उच्च असमानता, बेलाबखत आउने प्राकृतिक विपत्ति र सङ्कटका कारण एसिया तथा एसिया प्रशान्त क्षेत्रमा मानव विकासमा प्रतिकूल असर परेको र ती चुनौतीको सामना गर्न सामाजिक सेवा तथा सुदृढ सामाजिक सुरक्षा पद्धति अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ । रासस