३० आश्विन २०८३, शुक्रबार

कावासोतीमा डेंगुका बिरामी फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

get_dangu-11

कावासोती, ८ साउन । नवलपरासीको नयाँ बेलहानी गाविसको अरूणखोला बजारमा डेङ्गुका बिरामी फेला परेका छन् । फर्निचर उद्योगमा कार्यरत मजदुर बिरामी भई चितवन अस्पतालमा जाँच गराउँदा डेङ्गु फेला परेको हो ।

जिल्लामा डेङ्गुका बिरामी भेटिएपछि अहिले जिल्ला स्वास्थ्य कार्यालयले सो क्षेत्रमा सचेतना कार्यक्रम लैजाने भएको छ ।

बढी जोखिमपूर्ण नभए नयाँ बिरामी फेला परेको हँुदा सो क्षेत्रमा सरसफाइ र लामखुट्टे नियन्त्रणका कार्यक्रम लैजाने तयारी भइरहेको जनस्वास्थ्य प्रमुख मुकुन्द गौतमले बताउनुभयो । गत वर्ष पनि गैँडाकोट मुकुन्दपुरमा डेङ्गुका बिरामी फेला परेका थिए ।