कञ्चनपुर, ८ साउन । कञ्चनपुरस्थित महाकाली अञ्चल अस्पतालमा बुधवार दिउँसो एक महिलाले बच्चा जन्माएर फरार भएकी छिन् ।
अस्पतालको आकस्मिक उपचार कक्षको शौचालयमा ती महिलाले बच्चा जन्माई बच्चालाई त्यही छाडेर फरार भएकी हुन् । फरार ती महिलाको नाम खुलेको छैन । उनीसँगै आएका एक पुरुष पनि फरार छन् ।
ती महिला चार दिनदेखि दिशा नभएको भन्दै अस्पालत पुगेकी थिइन । शौचालयमा भुइँमै लडिरहेको उक्त बच्चालाई तत्काल नर्सहरुले फेला पारी प्रसुती वार्डमा भर्ना गरेका थिए । बच्चाको अवस्था भने अहिले सामान्य छ ।















प्रतिक्रिया