काठमाडौँ, ८ साउन । फोक्सोको क्यान्सरको उपचार गराएर मंगलबार स्वदेश फर्किनु भएका नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले बिहीवार साँझ कांग्रेस पदाधिकारीको बैठक बोलाउनु भएको छ ।
प्रधानमन्त्रीले आराम गर्नुपर्ने भन्दै मन्त्रिपरिषदको बिहीबार बस्ने नियमित बैठक स्थगन भए पनि कांग्रेस पदाधिकारी बैठक भने बिहीवार बस्न लागेको हो ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजेपछि बस्नेछ । बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, संविधान निर्माण लगायतका विषयमा छलफल हुने कांग्रेसले बताएको छ । वैठकमा २६ सभासद मनोनयन, सरकार सञ्चालनबारे पनि छलफल हुनेछ ।
आरामका लागि भन्दै प्रधानमन्त्री कोइराला बुधबार दिनभर निवासमै बस्नुभएको थियो । बुधवारसम्म उहाँले पार्टी नेता, मन्त्री र सहयोगी कसैसित पनि भेटघाट गर्नुभएको थिएन ।
उहाँलाई क्यान्सर उपचारका क्रममा रेडियोथेरापी दिएकाले केही दिनसम्म रोग प्रतिरोधक क्षमता कमजोर हुने भएकाले भेटघाट गर्दा इन्फेक्सन भई रोग बल्झिन सक्ने भन्दै चिकित्सकले केही दिन पूर्ण आराम गर्न सल्लाह दिएका दिएका थिए ।














प्रतिक्रिया