३० आश्विन २०८३, शुक्रबार

एमाले महाधिवेशनबारे चिनियाँ राजदूतले माधव नेपालसँग के सोधे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Nepal-Chinese-ambassdor

काठमाडौं, ८ साउन, । नेपालका लागि चिनियाँ राजदूत वू चुन्ताईले नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री नेपालको निजी निवास कोटेश्वरमा बिहीबार विहान भएको भेटमापछिल्लो राजनीतिक अवस्था, नेकपा एमालेले भर्खरै सम्पन्न गरेको महाधिवेशन तथा नेपाल चीन सम्बन्धमा विविध विषयमा कुराकानी भयो ।

कुराकानीको आरम्भमा चीनियाँ राजदूतले सफलतापूर्वक नवौँ महाधिवेशन सम्पन्न गरेकोमा पूर्वप्रधानमन्त्री नेपाललाई बधाई ज्ञापन गर्नुभएको थियो भने पूर्वप्रधानमन्त्री नेपालले महाधिवेशन सफल बनाउन प्राप्त चिनियाँ सद्भाव प्रति कृतज्ञता ज्ञापन गर्नुभयो । नेपाल र चीनबीच रहिआएको गहिरो सम्बन्धलाई थप मजबूत बनाउन नयाँ नेतृत्वसँग सहकार्य गर्न चीन तयार रहेको कुरा समेत चिनियाँ राजदूतले व्यक्त गर्नुभयो ।

भेटमा पूर्व प्रधानमन्त्री नेपालले राजनीतिक क्रान्तिको एउटा चरण सम्पन्न भएको र अबको प्रमुख कार्यभार आर्थिक क्रान्ति रहेको विषय सहितको राजनीतिक दस्ताबेज महाधिवेशनबाट एकमना एकताका साथ पारित भएको जानकारी गराउँदै अब आफ्नो ध्यान आर्थिक क्रान्ति र जनताको सम्बृद्धितर्फ केन्द्रित रहने कुरा उल्लेख गर्नुभयो ।

जबाफमा चिनियाँ राजदूतले प्रस्ताव पारित गरेकोमा बधाई ज्ञापन गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न चीन सदा तत्पर रहेको जानकारी गराउनुभयो । चिनियाँ राजदूतले नेपाल यथासम्भव छिटो संविधान निर्माण गरी आर्थिक सम्बृद्धिको बाटोमा अघि बढोस् भन्ने चिनियाँ चाहना रहेको र यसका लागि आवश्यक सहयोग गर्न तयार रहेको कुरा समेत उल्लेख गर्नुभयोे ।

पूर्वप्रधानमन्त्री नेपालले सहमतिका साथ निर्धारित समयभित्रै संविधान निर्माण गर्न राजनीतिक दलहरु प्रयासरत रहेको जानकारी गराउनुभयो ।