२९ आश्विन २०८३, बिहिबार

अछाममा वैदेशिक रोजगारीका लागि राहदानी लिनेको सङ्ख्यामा वृद्धि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

passport-mrpअछाम, ८ साउन । जिल्लामा हरेक वर्ष दोब्बरको सङ्ख्यामा राहदानी लिने गरेको पाइएको छ ।  विशेषगरी वैदेशिक रोजगारीका लागि राहदानी लिने गरेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०७०/०७१ मा ४५४ जनालाई राहदानी वितरण गरिएको छ भने राहदानी विभागमा हालसम्मकै बढी एक हजार ४४७ जनाको सिफारिस पठाइएको सो कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०६९/०७० मा जिप्रकाबाट ३ सय ३३ जना र राहदानी विभागबाट ६ सय २१ गरी ९ सय ५४ जनालाई राहदानी वितरण गरिएको छ ।

जिप्रकाबाट आव २०६७/०६८ देखि राहदानीका लागि राहदानी विभागमा सिफारिस पठाइने व्यवस्था रहेको र सो आवमा २ सय ५३ जनाको राहदानी सिफारिस पठाएको थियो भने आव २०६/०६९ मा जिप्रकाबाट २ सय ३६ र राहदानी विभागमा सिफारिस गरिएका ४ सय गरी ६ सय ३६ जनाले राहदानी सेवाग्राहीले लिएका अछामका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गिरीले बताउनुभयो ।

राहदानी विभागमा सिफारिस गरी पठाउँदा राहदानी विभागबाटै राहदानी बुझ्दा रु १० हजार रकम बुझाउनुपर्छ भने जिल्ला प्रशासन कार्यालयबाट बुझ्दा रु पाँच हजार दस्तुर बुझाउनु पर्दछ । जिप्रकाबाट सिफारिस गरी राहदानी विभागबाटै राहदानी लिँदा छिटो हुन्छ भने जिप्रकाबाट लिँदा कम्तीमा तीन महिना लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी गिरीले बताउनुभयो ।

राहदानी लिने व्यक्तिहरूले स्वदेशमा रोजगारीका अवसर नभएकाले वैदेशिक रोजगारीका लागि राहदानी लिने गरेको बताएका छन् ।