२९ आश्विन २०८३, बिहिबार

आफ्नै भतिजीलाई ढुङ्गामा पछारेर हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baitadi_district_Mapखलङ्गा (बैतडी), ८ साउन । बैतडीको कटौजपानीमा मङ्गलबार राति एक व्यक्तिले आफ्नी सात वर्षकी भतिजीलाई ढुङ्गामा पछारेर हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

कटौजपानी–४, कालागाउँका २२ वर्षीय अने लुहारले भतिजी पुष्पा लोहारलाई ढुङ्गामा पछारेर हत्या गरेपछि घरभन्दा पाँच सय मिटर टाढा रुखमा झुण्डिएर निजले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।