२९ आश्विन २०८३, बिहिबार

कतारमा सात दिनभित्र बैंकबाट तलव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Qatar

काठमाडौं, ८ असार । नेपाली दूतावासले ५५ म्यानपावर कम्पनीलाई कामदार ल्याउन रोक लगाएकाामा कतार सरकारले स्वागत गरेको छ । यतिखेरै कतार सरकारले थप श्र्रम सुधारका घोषणा पनि गरेको छ ।

नेपाली दूतावासले ५५ म्यानपावरलाई कारबाही गर्नु स्वागतयोप्य छ, श्रमतथा सामाजिक मन्त्री अब्दुलाह सालेह मुवारक अल खुलाफीले श्रमिक हितको पक्षमा घोषणापत्र सार्वजनिक गर्दै भनेका छन्, कामदारको सुरक्षाका लागि कतार सरकारले चालेको पाइलामा यसलो ठूलो सहयोग पुर्याउँछ ।

नेपाली दूतावासले बढी रकम लिने र संझौता अनुसार कम्पनी नदिलाउने ५५ म्यानपावरलाई कामदार ल्इाउनमा प्रतिबन्ध लगाएको हो । दूतावासले ती म्यानपावरलाई थप कानुनी कारबाही गरी कामदारदाई क्षतिपूर्ति दिलाउन वैदेशिक रोजगार विभागलाई समेत सिफारिस गरेको थियो ।

कतार सरकारले दिउँसो काममा लगाउन नपाइने, सातदिनभित्र बैंकबाट तलव दिनुपर्ने, श्रम निरीक्षक थप गर्ने, गुणस्तार आवासको व्यवस्था हुनुपर्ने र आफ्नै भाषामा उजुरी दिने मेसिन संचालनमा ल्याएको समाचार आजको कान्तिपुर दैनिकमा छ ।