२९ आश्विन २०८३, बिहिबार

टियुको ट्रान्सक्रिप्टमा लापरबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TU-Offic-600x240काठमाडौं, ८ साउन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा ट्रान्सक्रिप्ट लिन आउने विद्यार्थीले कर्मचारीको लापरबाहीका कारण सास्ती खेप्नुपरेको छ।

विद्यार्थीले ट्रान्सक्रिप्ट लिन फारम भरेर तीन सय रुपैयाँ राजस्व तिर्नुपर्छ। फरम भर्दा विद्यार्थीले परीक्षा दिएका विषय, नाम, वर्ष, कलेजको नाम, संकाय, रजिस्ट्रेसन नम्बर सबै खुलाएका हुन्छन्।

तर विद्यार्थीले भरेभन्दा फरक विवरण राखी ट्रान्सक्रिप्ट बल्खु पनिकाले विद्यार्थीलाई दिने गरेको छ। एकातिर त्रिवि परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीको लापरबाहीका कारण विद्यार्थीले एक साताभित्र पाउनुपर्ने ट्रान्सक्रिप्टका लागि महिनौं कुर्नुपर्ने बाध्यता छ।

अर्कातर्फ ट्रान्सक्रिप्टमा गलत विवरण आउँदा थप सास्ती खेप्नु परेको विद्यार्थीको गुनासो रहेको अन्नपूर्ण पोष्ट दैनिकले लेखेको छ ।

यस्तै समस्या लिएर मंगलबार एक विद्यार्थी परीक्षा सहनियन्त्रक नारायणप्रसाद बेलवासेसँग गुनासो गरिरहेका भेटिए। ‘सर, मैले आफ्ना सबै शैक्षिक प्रमाणपत्रमा हेमकुमार नै लेखेको छु। ट्रान्सक्रिप्टका लागि फारम भर्दा पनि हेमकुमार नै लेखेको थिएँ। तर महिनादिन पछि प्राप्त ट्रान्सक्रिप्टमा होमकुमार भएर आयो।’