२९ आश्विन २०८३, बिहिबार

रातभर ‘बुद्धचित्त’ को बोटमुनि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Buddhachitबनेपा, ८ साउन । बोधिचित्त (बोलीचालीमा बुद्धचित्त) को खेती गर्ने किसान प्रहरी र लुटेराको दोहोरो मारमा परेका छन्। प्रतिमाला ५ हजारदेखि ५ लाखसम्म बिक्री हुने बोधिचित्त जोगाउन उनीहरू रातभरि बोटमुनि नै सुत्ने गरेका छन्।

पछिल्लो समय बोधिचित्तको दाना र माला निकासीमा प्रहरीले सहयोग गरे पनि लुटेराबाट जोगाउन किसानलाई सास्ती पर्ने गरेको छ।

‘पहिले प्रहरीले दुःख दिन्थे, अहिले लुटेराको बिगबिगी छ, त्यसैले फलेको बोट कुररै रात बिताउँछौु’

प्रतिमाला पाँच हजारदेखि पाँच लाखसम्ममा बिक्री हुने बोधिचित्तको बोट हेरेरै भाग खोज्नेहरू बढेपछि समयअगावै टिप्न बाध्य छन् किसान पैसाका कारण बुद्धचित्त जति आकर्षक छ, बोटमै, टिपेपछि र निकासी गर्दा जोगाउन त्यत्तिकै मुस्किल रहेको समाचार आजको नागरिक दैनिकले लेखेको छ।

हिजो प्रहरीले सास्ती दिन्थे, आज लुटेरा पछि लाग्छन्, एक किसानले दुखेसो पोखे। हरेक रात बोटमुनि सुत्ने गरेका छौं, लुटेराका सहयोगी पनि बोट हेरेरै भाग माग्न आउन थालेका छन्।

दाना जोगाउन मुस्किल पर्न थालेपछि समयअगावै टिपेर पठाइहाल्न खोजेको ती किसानले बताए। बुद्धचित्तको दाना र माला काठमाडौं बौद्ध र भारत बोधगयासम्म पुग्ने गरेको छ। बुद्धचित्तको मुख्य बजार भनेको बौद्ध हो, त्यहाँ बेच्न नसके तिमालका किसानले भारतको बोधगयासम्म लगेर बेच्छन्, बुद्धचित्त पाइने क्षेत्र मेच्छेका बासिन्दा एवं पूर्व ऊर्जाराज्यमन्त्री सूर्यमान दोङले भने।

अघिल्लो वर्षसम्म बोधिचित्तको माला र दाना अवैध रुपमा निकासी गरेको भन्दै सताउने प्रहरीले वन कार्यालयको इजाजत लिने किसानलाई काभ्रेको नाका कटाउन सुरक्षा दिने गरेको छ।

अघिल्लो वर्षसम्म दाना र माला निकासीमा प्रहरी–प्रशासनको डर थियो। यसको ओसारपसार गर्ने धेरैले मुद्दा खेप्नुपरेको थियो। यसरी मुद्दा खेप्नेमा अधिकांश काभ्रेका तामाङ समुदायका थिए। परम्परागत रुपमा खेती गरिँदै आएको र कानुनले प्रतिबन्ध नभनेको अवस्थामा मुद्दा लगाएको भन्दै नेपाल तामाङ घेदुङलगायत बौद्धमार्गी समुदाय आक्रोसित भएका थिए।

यतिखेर परिस्थिति फेरिएको छ, प्रहरीले नै सुरक्षा दिएर बुद्धचित्तका दाना र मालालाई काभ्रेको सीमासम्म कटाइदिन्छ। प्रहरी सुरक्षाका लागि वन कार्यालयबाट निकासी इजाजत छोडपूर्जी आवश्यक हुन्छ।

वनको इजाजत नभएको बुद्धचित्त चोरीको पनि हुनसक्छ, कुन किसानको उत्पादन हो भनेर यकीन गर्नका लागि वनले दिएको कागजपत्रको माग गरिएको हो, काभ्रेका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले भने।

जिल्ला वन कार्यालयले शिखरअम्बोटे र तिमालका गाविसलाई बयर प्रजातिको बुद्धचित्त बोट रहेको क्षेत्र मानेको छ। कार्यालयको अभिलेखअनुसार काभ्रेमा जम्मा ३४ किसानसँग मात्रै बुद्धचित्तको बोट छ। उनीहरुको बारीका ३ सय ७६ वटा बोटमा बर्सेनि बुद्धचित्तको फल दाना फल्छ।