२८ आश्विन २०८३, बुधबार

कतारमा ज्यान गुमाएका कैलालीका युवकको शव नेपाल ल्याउन गुहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Qatar

अत्तरिया (कैलाली), ७ साउन । कैलालीको फूलबारी गाविस–३ खेदाका २५ वर्षीय रमेश चौधरीको कतारमा मृत्यु भएको १० दिन भइसक्दा पनि शव नेपाल ल्याउन नसक्दा उनका परिवार शोकमा डुबेका छन् । परिवारजनले उनको शव नेपाल ल्याउन पहल गरिदिन सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन् ।

कतारमा सडक निर्माणको काम गर्ने चौधरीले असार २९ गते राति घरमा फोन गरी आफूलाई रिङ्गटा लागिरहेको बताएको र भोलिपल्ट गाउ“ले देवीलाल चौधरीले फोनमार्फत उनको मृत्यु भएको खबर दिएको रमेशकी श्रीमती धनी चौधरीले बताउनुभयो ।

विसं २०७० माघ २४ गते उनी आनन्द ओभरसिज एन्ड सर्भिसेज महाराजगन्जमार्फत कतारको अल जावरस्थित अल जावर एन्ड पाटनर्समा काम गर्न गएका थिए । चौधरीको शव ल्याउने प्रयास भइरहेको उनलाई कतार पठाउन सहयोग गरेका हसुलियाका सुरेश चौधरीले बताउनुभयो ।

मृतक चौधरीका तीन छोरी, एक छोरा छन् । श्रीमती धनीले श्रीमानको शव ल्याइदिन भन्दै फूलबारीमा रहेको बकुलिया प्रहरी चौकीमा जाहेरीसमेत गर्नुभएको छ ।”