काठमाडौं, ७ साउन । आयल निगमबाट खरिद गरेको ‘गुणस्तरहीनु पेट्रोलियम पदार्थ प्रयोगले आफ्ना महँगा उपकरण बिग्रिएको भन्दै विद्युत प्राधिकरणले १८ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको छ।
निगमको विराटनगर क्षेत्रीय डिपोले बिक्री गरेको ‘पानी मिसिएकोु औद्योगिक इन्धन ९फर्नेस आयल० हाल्दा मल्टिफ्युल जेनेरेटरलगायत उपकरणमा समस्या आएको प्राधिकरणले जनाएको छ। उसले दुई साताअघि निगमको केन्द्रीय कार्यालयमा औपचारिक पत्र पठाउँदै हानि–नोक्सानीबापत क्षतिपूर्ति दाबी गरेको हो।
‘निगमले बिक्री गरेको पानी मिसिएको फर्नेस आयल हाल्दा विराटनगरमा रहेको मल्टिफ्युलका जेनेरेटरलगायत थुप्रै महँगा उपकरण बिग्रिएका छन्,’ प्राधिकरणको ठूला आयोजना सञ्चालन विभागका निर्देशक सुधीरप्रसाद सिंहले मंगलबार भने, ‘गुणस्तरहीन तेलले आर्थिक नोक्सानी बेहोर्नुपरेपछि हामीले क्षतिपूर्ति मागेका हौं।’ मागबमोजिम क्षतिपूर्ति नपाए कानुनी उपचारमा जाने चेतावनीसमेत प्राधिकरणले दिएको छ।
निगमले बिक्री गर्ने पेट्रोल, डिजेललगायत इन्धनको गुणस्तरमा पटक–पटक प्रश्न उठ्दै आए पनि संस्थागत रूपमा यो विषय उठेको थिएन। सरकारी संस्थानले नै निगमको तेल गुणस्तरहीन भएको दाबी गर्दै क्षतिपूर्ति माग गरेको सम्भवतः पहिलोपटक हो।
निगमसँग किनेको तेल हालेकैले जेनेरेटर बिग्रिन थालेपछि प्राधिकरणले आफैं गुणस्तर जाँच गराउँदा पानी मिसिएको फेला परेको हो। गत चैतमा फर्नेस आयल बोकेका १० ट्यांकरका नमुना गुणस्तर तथा नापतौल कार्यालयमा परीक्षणका लागि पठाइएको थियो। ‘प्योगशाला परीक्षण गर्दा हामीले पठाएका नमुनामा पानीको मात्रा तोकिएभन्दा बढी फेला पर्यो ,’ परीक्षण प्रतिवेदन उद्धृत गर्दै प्राधिकरण स्रोतले भन्यो, ‘लगत्तै हामीले निगमको क्षेत्रीय डिपो विराटनगरमा पत्र पठाएर जानकारी गरायौं, तर सुनुवाइ भएन।’
क्षेत्रीय डिपोलाई पठाइएको पत्रमा सुनुवाइ नभएपछि प्राधिकरणले सोझै आयल निगमको केन्द्रीय कार्यालयमा पत्राचार गरेको हो। उसले आर्थिक वर्ष २०६९/७० यता आयल निगमसँग खरिद गरेको फर्नेस आयलको परिमाण, त्यसमा पानीको मात्रा र त्यसले जेनेरेटरमा पुर्या एको खराबीको हिसाब निकालेर पठाएको छ। त्यहीअनुसार क्षतिपूर्ति पनि मागिएको छ।
प्राधिकरणले २०६९/७० मा १ हजार ९ सय ७० र गत वर्ष २०७०र७१ मा १ हजार १ सय ४५ किलोलिटर फर्नेस आयल निगमसँग किनेको थियो।
नागरिक दैनिकबाट















प्रतिक्रिया