२९ आश्विन २०८३, बिहिबार

‘पूर्ण स्वस्थ भएर फर्के’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koiralalकाठमाडौं, ७ साउन । फोक्सोको क्यान्सर उपचार गराएर मंगलबार अमेरिकाबाट फर्केका प्रधानमन्त्री सुशील कोइरालाले त्रिभुवन विमानस्थलमा प्रसन्न मुद्रामा भने, ‘अब पूर्ण स्वस्थ भएको छु।’

‘आगामी दिनमा मेरो दिनचर्याले पनि स्वस्थ भइसकेँ भन्ने प्रमाणित गर्नेछ,’ एक महिनाको अमेरिका बसाइपछि स्वदेश फिरेका कोइरालाले पत्रकारहरूसँग भने, ‘योसँग सकिने रहनेछ भनेर रोग पनि भाग्यो।’ उनलाई यसअघि जिब्रोको क्यान्सर भएको थियो।

राजनीतिक यात्रा क्रममा मृत्यु र रोगसँग लड्दा–लड्दा आफूमा सहनशीलता विकास भएको उल्लेख गर्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति कोइरालाले ुजस्तोसुकै समस्यामा कहिल्यै विचलित नहुनेु स्मरण गरे।

‘राजनीतिक जीवनमा कैयौंचोटि मृत्युसँग लडेको मान्छे, विगतमा पनि जिब्रोको क्यान्सरसँग लडेर जितेकै हुँ,’ उनले भने, ‘म रोग र मृत्युसँग कहिल्यै विचलित भइनँ।’

न्युयोर्कस्थित स्लोन मेमोरियल केटरिङ सेन्टरमा कोइरालाको फोक्सोको क्यान्सर उपचार गरिएको हो। फोक्सोमा देखिएको दाग क्यान्सर भएको पुष्टि भएपछि रेडियोथेरापी विधिबाट उनको उपचार गरिएको थियो।

उनको पाँचपटकम्म थेरापी गरिएको थियो। उनी असार २ गते उपचारका लागि अमेरिका गएका हुन्। चिकित्सकको सल्लाहअनुसार स्वदेश फर्केका कोइराला तीन महिनापछि फेरि परीक्षणका लागि अमेरिका जानेछन्।

अमेरिकाको क्यान्सर उपचार विधिलाई राणाकालमा चारैतिरबाट घेरेर बाघ शिकार गरेको क्षणसँग तुलना गर्दै उनले भने, ‘यो त राणाकालमा बाघ शिकार गरेजस्तै हुँदो रहेछ, पाँच–सात दिन त स्पट दाग पत्ता लगाउनै लाग्यो।’ नागरिक दैनिकबाट