२८ आश्विन २०८३, बुधबार

अष्ट्रेलियामा एड्सको उपचार खोजिदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aids

मेलबर्न । अष्ट्रेलियाको मेलबर्न सहरमा यतिखेर विश्वमै प्राणघातक रोगका रुपमा रहेको एचआइभी एड्सको उपचारको खोजी गरिँदैछ ।

विश्व एचआइभी एड्स सम्मेलनको क्रममा अष्ट्रेलियाको मेलबर्नमा जम्मा भएका यस क्षेत्रका विशेषज्ञ एवम् वैज्ञानिकहरुले यस संक्रमणको औषधिका बारेमा परामर्श गरिरहेका छन् ।

हाल प्रचलनमा रहेको यस सङ्क्रमणको औषधिले रोग निको हुन नसक्ने भएकोले यस रोगको उपचारको खोजी विश्वव्यापी रुपमा जारी नै छ । यस पटकको विश्व एचआइभी एड्स सम्मेलनमा पनि यो रोगको उपचारको बारेमा व्यापक छलफल एवम् परामर्श भएको हो ।

वैज्ञानिकहरुले केही समय पहिला छ जना एचआएभी संक्रमितहरुमा गरिएको परीक्षणबाट उपचारमा केही सफलता हातलाग्ने देखिएको सो सम्मेलनमा बताएका छन् ।

यस परीक्षण र यसको उपचार विधिलाई ‘किक एन्ड किल’ नाम दिइएको छ । वैज्ञानिकहरुले यस विधिका लागि पनि यसअघि देखि संक्रमितको आयु बढाउने काममा प्रयोग गरिँदै आएको औषधि एन्टीरेक्टोभाइरलकै सहारा लिइने बताएका छन् ।

सो औषधिको माध्यमबाट एचआइभी भाइरललाई विरामीको रगतको तल्लो तहसम्म ल्याइने र रगतमा रहेका एड्सका ह्युमन इम्युनो डिफिसियन्सी भाइरसलाई एक विशेष प्रकारको थेरापीको माध्यमबाट शरीर बाहिर निकालिने छ ।

तर त्यो थेरापी केही महँगो र जटिल प्रकारको हुने वैैज्ञानिकहरुको भनाई छ । उनीहरुले यस थेरापी दिनहूँ गर्नुपर्ने र झन्झिटिलो भएको भने स्वीकारेका छन् ।

सो थेरापी रोकेपछि भने एचआइभीका किटाणुहरु पुनः सक्रिय हुने र उनीहरुले थेरापी रोेकेको दुई हप्तापछिदेखि नै विरामीलाई आक्रमण सुरु गर्नसक्ने पनि सो परीक्षणले देखाएको छ ।

वैज्ञानिकहरुले सो औषधि उपचारको अनुसन्धान विगत तीन वर्षदेखि निरन्तर रुपमा गरिरहेका छन् । उनीहरुको यो परीक्षण साइड इफेक्ट गर्नसक्ने प्रकारको भएको पनि उनीहरुकै अनुसन्धानबाट देखिएको छ ।
एचआइभी एड्सलाई निको पार्ने औषधि अहिलेसम्म विश्वका कुनैपनि देशका वैज्ञानिकले पत्ता लगाउन सकिरहेका छैनन् ।

उनीहरुले पत्ता लगाएको एन्टीरेक्टो भाइरल नामको औषधिले यो संक्रमण निको पार्ने नभई सङ्क्रमितको आयु केही समयसम्म पर धकेल्नसक्ने छ ।

तर यही औषधिको प्रयोगपछि पनि सङ्क्रमितहरुको अवस्थामा परिवर्तन ल्याउन तथा यो रोगको संक्रमण दर घटाउन मद्दत पुगेको राष्ट्रसंघीय एड्स कार्यक्रमले जनाएको छ । रासस÷एएफपी