१ कार्तिक २०८३, आइतबार

अब दार्जीलिङसँग छोटो हवाई सम्पर्क

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-air-plane

काठमाडौं, ६ साउन । भारतको चर्चित पर्यटकिय क्षेत्र दार्जीलिङ जिल्लासँग नेपालको सीधा हवाइ सम्पर्क कायम भएको छ । भारतको बजेट एयरलाइन्स स्पाइस जेटले पश्चिम बंगाल राज्यको उक्त जिल्लामा रहेको बागडोग्रा विमानस्थलबाट काठमाडौं सीधा उडान गर्ने घोषणा गरेको छ ।

सो घोषणासँगै दार्जीलिङ क्षेत्रबाट काठमाडौं आउन र काठमाडौंबाट सो जिल्लामा जाने यात्रु तथा पर्यटकलाई सहयोग पुग्ने भएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ । सो विमानस्थलबाट कुनैपनि एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेका छैनन् । बागडोग्रा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने स्पाइस जेट पहिलो विमानसेवा बन्दैछ ।