२८ आश्विन २०८३, बुधबार

कोलोराडोको बनभोजमा फेवातालको सम्झना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

picnic-colorado-nepali विजय थापा  भर्जिनिया । नेपालमा जाडो महिनाको शुरुवातसंगै बनभोजको चहलपहल हुने हुन्छ भने अमेरिकामा जाडो महिनामा ज्यादा हिमपात र चिसो मौसमको कारण ग्रिष्मकालिन वनभोजको आयोजना नेपाली समुदायले गर्ने गर्छन । ग्रिष्मकालिन वनभोज कार्यक्रमलाई निरन्तरता दिदै यस बर्षको वनभोज गत शनिबार कोलोराडोमा स्थापना भएका दुई सामाजिक संस्था रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल तथा नेपाली घरको सयुक्त आयोजनामा सम्पन्न भएको छ । बनभोज कार्यक्रममा नेपाली समुदायका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न पेशा व्यवसायीका अतिथिहरुलाई पनि निम्त्याईएको आयोजक मध्येका एक टिका पौडेल बताउँछन । यसपालिको वनभोज आमन्त्रित भएका नेपाली समुदायले वनभोजस्थल पोखराको फेवाताललाई बिर्साउने तालको किनारामा मनाइएकोले फेवातालमै गइ वनभोज मनाएको महसुस भएको पौडेल बताउँछन । यसले मातृभूमिको झझल्को ल्याएको र अधिकांश नेपाली समुदायले फेवातालको स्मरण गरेको उनले बताए । बनभोजसँगै दिनभरि बिभिन्न खेल तथा मनोरन्जन कार्यक्रमको आयोजना गरिएको थियो भने भलिबल ,बास्केटबल, टेबल टेनिस आदि खेलहरु समाबेश गरिएको थियो । सहभागी खेलाडीहरुलाई पदक तथा तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो ।