१ कार्तिक २०८३, आइतबार

अवैध हतियार बुझाउन जनतासँग गृहको अपिल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hom-nenister

काठमाडौं, ५ साउन । गृह मन्त्रालयले आफूसँग भएको अवैध हातहतियार तथा खरखजाना तोकिएको निकायमा निर्धारित समयावधिभित्र बुझाउन जनतासँग अनुरोध गरेको छ ।
मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशन गरी प्रचलित कानुनी व्यवस्थाबारे जानकारी नभएर वा अरु कसैको लहैलहैमा लागेर बिनाअनुमति हातहतियार तथा खरखजाना राखेको भए त्यस्ता व्यक्तिलाई आफूसँग भएका सबै किसिमका अवैध हातहतियार तथा खरखजाना जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी निकायमा बुझाउन पाउने गरी सरकारले २०७१ साउन २ को निर्णयअनुसार विशेष व्यवस्था गरेको जनाएको छ ।

अवैध हातहतियार फेला परे प्रचलित कानुनबमोजिम त्यस्ता व्यक्तिलाई पाँच वर्षसम्म कैद वा रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यहोरासमेत मन्त्रालयले जानकारी गराएको छ ।