१ कार्तिक २०८३, आइतबार

चारघरेका एक युवकको चिर्पटले हिर्काउँदा मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nukot
नुवाकोट, ५ साउन । नुवाकोटको चारघरे गाविसका एक युवकको चिर्पटले हिर्काउँदा ज्यान गएको छ । गएराति चारघर गाविस वडा नं ८ कठेरीमा पसल सञ्चालन गरी बसेका ३५ वर्षीय सालिकराम अर्यालको सोही वडाका २३ वर्षीय सागर अधिकारीले चिर्पटले टाउकोमा हिर्काउँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अर्यालको पसलमा मदिरा सेवन गरेका सागर र पसल सञ्चालक अर्यालबीच विवाद भएपछि सागरले टाउकामा चिर्पटले हिर्काएका थिए । टाउकामा गम्भीर चोट लागेका अर्यालको त्रिशूली अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चिर्पट प्रहार गर्ने सागर अधिकारी भने फरार छन् । अधिकारीको प्रहरी र स्थानीय जनताले खोजी गरिरहेका छन् ।