छविलाल प्युठानी
कतार, ५ साउन । १७ जुलाई, २०१४ मा ईस्लामिक धर्मालम्वीहरुको पवित्र रमजान महिनाको अवसरमा प्रवासी नेपाली मञ्च कतारले वृहत ईफ्तार कार्यक्रम सम्पन्न गरेको छ ।
मञ्चका अध्यक्ष दिलकिरण खजुमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिवालय सदस्य मुनाफ मीयाले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा उपाध्यक्ष चानक पोखरेल, सचिव छविलाल प्युठानी, उपसचिव हरी कुमार वस्नेत, सचिवालय सदस्य कमल मणि गुरागाईं, रामहरी गैह्रे, नेपाल मुस्लिम ईत्तेहाद समाज कतारका सचिव मुनाफ मीया, नेपाल मुस्लिम ईत्तेहाद समाज कतारका कोषाध्यक्ष हारुन जोलाहको उपस्थिती रहेको थियो ।
त्यस्तैगरी अतिथीहरुमा एनआरएनए आईसिसि गल्फ सहसंयोजक पुर्ण के.सी. एनआरएनए आईसिसि सदस्य उमेश अधिकारी, गैर आवसिय नेपाली संघ कतारका अध्यक्ष मक्सुद आलम,
नेपाली मुस्लिम समाज कतारका अध्यक्ष अव्दुल हाफीज मीयाको उपस्थिति रहेको थियो । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष विनेश तामाङ्ग, अरविक साहित्यकार तथा वद्धिजिवी रमजान अली मीया, नेपाली मुस्लिम समाज कतारका सल्लाहकार उजेर मोहम्मद, नेपाली कपिलवस्तु मुस्लिम समाज कतारका अध्यक्ष अवु कलाम, रौतहट मुस्लिम समाज कतारका
मेहताव आलम, सप्तरी मुस्लिम वेलफर सोसाईटीका महासचिव महम्मद मास्टर लगायत संघ संस्थाका प्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो ।
अरविक साहित्यकार तथा धर्म गुरु रमजान अली मीयाले कुरान तिलावत गरी कार्यक्रम औपचारिक रुपमा शुरुवात भएको थियो ।
अध्यक्ष खजुमले मुलुक संघिय लोकतान्त्रिक गणतन्त्रात्मक धर्म निरपेक्षा घोषणा भई सकेकोले यसको कार्यन्वयन गर्नका लागि पनि यस्तो कार्यक्रम आयोजना गरेको बताउनु भएको हो । सामाजिक सदभाव र एक आपसमा भाईचाराको सम्वन्ध विकासका लागि यो पवित्र रमजानको महिना सार्थक वनोस भन्ने पनि उहाँले कामना गर्नुभएको थियो ।
उपाध्यक्ष चानक पोखरेलले हाम्रो संस्थाले सवै समुदायको संस्कृतिको सम्मान गर्ने भएकोले विगतदेखि यस्तो कार्यक्रमको आयोजना गरेको बताउनुभयो । सचिवालय सदस्य कमल मणि गुरागाईंले यतिखेर मुलुक संघिय लोकतान्त्रिक गणतन्त्र धर्म निरपेक्षामा प्रवेश गरी सकेकोले वताउँदै यसको संस्थागत गर्नका लागि हामीले अन्तर आत्म देखि नै ईफ्तार कार्यक्रमको आयोजना गरेको बताउनु भयो । सचिवालय सदस्य रामहरी गैह्रेले मुस्लिम समुदायको सम्मानका लागि मञ्चले ईफ्तार कार्यक्रम आयोजना गरेको वताउँदै यसको निरन्तरता दिने बताउनु भयो ।
एनआरएनए आईसिसि गल्फ सहसंयोजक पुर्ण केसी ले सामाजिक सदभाव र भाईचाराको विकासका लागि मञ्चले पवित्र महिना रमजानको अवसरमा सवैलाई समेटेर शुभकामना आदन प्रदान गर्ने अवसर दिएकोमा मञ्चलाई धन्यवाद दिनु भएको थियो । गैर आवसिय नेपाली संघ कतारका अध्यक्ष मक्सुद आलमले मञ्चले सवै समुदायको चाड पर्वहरुलाई सम्मान गरेकोमा खुशि व्यक्त गर्दै यस्तो कार्यको सह्रानीय छ भन्नुभयो ।
नेपाली मुस्लिम समाज कतारका अध्यक्ष अव्दुल हाफीज मीयाले अव वन्ने संविधानमा मुस्लिम समुदायको अधिकार सुनिश्चित हुनु पर्ने वताउँदै त्यसको लागि प्रवासवाट मञ्चले विशेष भुमिका निर्वाह गर्नुपर्छ भन्नु भयो । अरविक साहित्यकार रमजान अली मीयाले शुभकामना मन्तव्य राख्दै रोजाको वारेमा प्रकाश पार्नु भएको थियो ।
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष विनेश तामाङ्गले नेपाल वहुधार्मिक, वहुसांस्कृतिक, वहुभाषिक विविधतायुक्त देश भएकोले सवैका चाड पर्वहरु राष्ट्रका सम्पति गर्नु पर्ने धारणा राखेका थिए । नेपाली कपिलवस्तु मुस्लिम समाज कतारका अध्यक्ष अवु कलामले सामाजिक संघ संस्थाको प्रतिनिधित्व गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो । मञ्चका सचिव छविलाल प्युठानीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।













प्रतिक्रिया