१ कार्तिक २०८३, आइतबार

संयुक्त राष्ट्रसंघका उपमहासचिव नेपालमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । संयुक्त राष्ट्रसंघका उपमहासचिव हेर्वे ल्याडसस् दुई दिने नेपाल भ्रमणका क्रममा सोमवार काठमाडौं आइपुग्नु भएको छ ।

उपमहासचिव ल्याडसस्ले सोमवार परराष्ट्रमन्त्री महेन्द्रवहादुर पाण्डे र नेपाली सेनाका प्रधान सेनापति गौरव शमसेर जबरासँग भेटवार्ता गर्नुभएको छ ।

उहाँले सोमवार नै राष्ट्रपति डा.रामवरण यादव र कार्यवाहक प्रधानमन्त्री बामदेव गौतमसँग पनि भेट्ने कार्यक्रम छ ।

नेपाल सरकारको निम्तोमा नेपाल आउनु भएको उपमहासचिव ल्याण्डसस्को भ्रमणको मुख्य उद्देश्य शान्ति मिसनमा नेपाली सेनाको भूमिका र यसको विस्तार रहेको छ । उहाँले भेटका क्रममा त्यही उजेण्डामा छलफल गर्ने बुझिएको छ ।

ल्याडसस्undp-1को सम्मानमा सोमवार साँझ परराष्ट्रमन्त्री पाण्डेले आयोजना गरेको रात्रीभोजमा उहाँ सहभागी हुने कार्यक्रम छ ।