१ कार्तिक २०८३, आइतबार

जिम्मेवारी दिने कुरामा गुटको कुनै प्रभाव रहने छैनः महासचिव पोख्रेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ishwor-1काठमाडौं, ५ साउन । नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले गुटका नाममा कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताउनु भएको छ ।

सोमवार बिहान उहाँकै निवासमा दैनिक नेपालसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘महाधिवेशन अघिको कोर्ससँग गाँसेर जिम्मेवारी बाँटफाँटमा हेलाहोचो हुँदैन,’ उहाले भन्नुभयो, ‘योग्यता क्षमता, रुचिलाई हेरेर जिम्मेवारी दिनुपर्छ ।

उहाँले संगठनको आवश्यकता र जिम्मेवारी लिने व्यक्तिको रुचीलाई पनि ख्याल गरेर जिम्मेवारी दिने बताउनु भयो । ‘यी दुबै कुराको बुद्धीमतापूर्ण संयोजन गरेर संगठनमा जिम्मेवारी दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘केन्द्रीय कमिटिक दोस्रो बैठक यसैमा केन्द्रित हुुने छ ।’

उहाँले संस्थागत रुपले पार्टी सञ्चालन गर्नका लागि पनि कसैलाई हेलाहोचो गर्नु नुहुने तर्क गर्नुभयो । आगामी दिनमा महाधिवेशनका सन्र्दभमा गरिएका प्यानलवन्द्धीको कुनै पनि तुस नरहने गरी पार्टीलाई एकतावद्ध बनाएर लैजाने पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

‘प्यान बन्दा र निर्वाचनमा मत हाल्दासम्म एउटा कोर्स थियो,त्यो कोर्स माहाधिवेशनलाई केन्द्रित गरेर गरिएको थियो,त्यो अन्त्य भयो’ पोख्रेलले भन्नुभयो, ‘अव नयाँ कोर्स सुरु भयो, यो भनेको महाधिवेशनले पारित गरेका नीति, विचार र सिद्धान्तलाई बोकेर अघि बढ्नु हो ।’