२९ आश्विन २०८३, बिहिबार

पारसलाई ठाउँ छैन निर्मल निवासमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parash Shahaकाठमाडौं, ५ साउन । थाइल्यान्ड बस्ने भिसा अवधि समाप्त भएकाले पूर्वयुवराज पारस शाह नेपाल आउने निश्चित भए पनि परिवारमा उनी पुनस्र्थापना हुने सम्भावना अत्यन्त न्यून देखिएको छ। नेपाल आएपछि पारसले निर्मल निवासबाहिरै बास खोज्नुपर्ने अवस्था रहेको स्रोतले बतायो।

पारसको भिसा अवधि साउन २१ गते समाप्त हुने भएकाले त्यसअघि नै उनी नेपाल आउने सम्भावना छ। अहिलेको स्थितिमा उनी पूर्वराजपरिवारमा फर्किने सम्भावना नभएको निर्मल निवास स्रोतले बतायो। यसबारे पारसलाई पनि जानकारी दिइसकिएको छ।

पत्नी हिमानीसँगको तिक्त सम्बन्ध र थाइल्यान्डमा प्रेमिकासँगको सहवासका कारण पनि पारसको सम्बन्ध पूर्वराजपरिवारसँग सौहार्द नरहेको दाबी उनी निकटवर्तीले गरेका छन्। उनलाई पूर्वयुवराजका रूपमा नेपाल सरकारले दिने गरेको सुरक्षा सुविधासमेत कटौती भइसकेको छ। पारसका निकटवर्तीले उनको नेपाल आगमन तथा सम्भावित बसाइप्रति पनि चिन्ता व्यक्त गरेका छन्।

पारस हृदयाघातका कारण गम्भीर अवस्थामा बैंककस्थित अस्पतालमा भर्ना भएका बेला पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल परिवारका सबै सदस्यसहित त्यसतर्फ गएका थिए। स्रोतका अनुसार त्यहाँको उपचार तथा बसाइका क्रममा मितव्ययी र सामान्य खर्च परिवारबाट प्राप्त भए पनि विभिन्न कारणले पारस र ज्ञानेन्द्रको सम्बन्ध मधुर नभएको अडकलबाजी बाहिर छ।

पूर्वराजा ज्ञानेन्द्र परिवारसँग प्रायस् निर्मल निवासमा, यदाकदा नागार्जुन, शिवपुरी र सिमरामा समय बिताउँदै आएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार ज्ञानेन्द्र निर्मल निवासबाट अर्को साता केही दिनका लागि नागार्जुन जाने भएका छन्।

गाँजासम्बन्धी विवादका कारण गत साता पारस थाइल्यान्डमा पक्राउ परेका समाचार पनि सार्वजनिक भएका थिए। अन्नपूर्ण पोष्ट दैनिकबाट