२९ आश्विन २०८३, बिहिबार

भोजन गराउँदै ओलीले भन्नुभयो– ‘अब गुट विर्सौँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli baa

काठमाडौं, ४ साउन। नेकपा एमालेको नवौँ महाधिवशेन भर्खरै सकिएको छ । उक्त महाधिवेशनले संसदीय दलका नेता केपी शर्मा ओलीलाई निर्वाचित ग¥यो ।

उहाँले वरिष्ठ नेता माधवकमार नेपाललाई झिनो मतको अन्तरले पराजित गर्नुभयो । त्यसपछि पनि एमालेमा महाधिवेशनको धङधङे मेटिएकै थिएन ।

नवनिर्वाचित एमाले अध्यक्ष ओलीले नवौं महाधिवेशन पूर्व भएको केही घच्चापच्चालाई अन्त्य गर्न आइतवार तीनकुनेस्थित रोयल इभेन्टमा बिहानको भोजनसहित नवनिर्वाचित केन्द्रीय कमिटिलाई बोलाएर सम्बन्धलाई हार्दिक तथा सहज बनाउने प्रयास गर्नुभएको छ ।

बिहानको भोजनमा सभासद्हरुलाई पनि निम्तो दिइएको थियो । बिहानको भोजन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पनि एउटै खाटमा सुत्दा भएको घच्चापच्चलाई विर्सन आग्रह आग्रह गर्नुभयो ।

उखान त्क्का प्रयोग गरे आफ्ना अभिव्यक्तिलाई मिठासपूर्ण बनाउने ओलीले त्यहाँ पनि पुरानो शैली प्रस्तुत गर्नुभयो ।

‘‘फरक खाटमा सुतेको मान्छेले कहिल्यै खुट्टा बोकाउँदैन’, ओलीले भर्खरै सम्पन्न महाधिवेशनप्रति लक्षित गर्दै भन्नुभयो, ‘एउटै खाटमा सुतेको मान्छेले खुट्टा बोकाउँछ, हलचल गर्दा जिउमा लाग्छ, महाधिवेशन अघि त्यही भएको हो, अब ती कुरालाई भुलेर अघि बढौं ।’

ओलीले आयोजना गरेको भोजन कार्यक्रममा दुबै गुटका नेता तथा सभासदुहरुको बाक्लो उपस्थिति रहेको थियो । उपाध्यक्षहरु युवराज ज्ञवाली, वामदेव गौतम, विद्या भण्डारी, महासचिव इश्वर पोखरेल, उपमहासचिवहरु घनश्याम भुसाल र विष्णु पौडेलसहितका नेताहरुको त्यहाँ उपस्थित रहेको थियो ।