२९ आश्विन २०८३, बिहिबार

यार्सा लोभले परिवार नियोजन गर्न छोडे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yarsaबझाङ, ४ साउन । मेलबिसौना-३ का धन गिरी जेठाराले दुई पत्नीबाट १० छोराछोरी जन्माएका छन्।

यार्सा टिपेर अझै धेरै कमाउने लोभका कारण उनले परिवार नियोजनसमेत गरेका छैनन्। ‘पहिले धेरै छोराछोरी भए भने कसरी पाल्ने भनेर चिन्ता हुन्थ्यो। अब त जसका धेरै छोराछोरी छन् उनीहरू नै धनी हुन्छन्। चिन्ता गर्ने कुरै छैनु, जेठारा भन्छन्।

यार्सा टिपेर जेठराको परिवारले बर्सेनि १० लाखभन्दा बढी कमाउँछ। जेठारा एउटा प्रतिनिधि पात्र मात्रै हुन्। पछिल्लो समयमा बझाङका दुर्गम गाउँमा यार्साका लागि सन्तान बढी जन्माउने र परिवार नियोजन नगर्ने प्रवृत्ति विकास भएको छ।

जेठ-असार महिनालाई यहाँ ‘पैसा टिप्ने सिजनु भनिन्छ। किनभने यही समयमा गाउँका मानिस यार्सा टिपेर वर्षभरिको गुजारा जुटाउँछन्।

कमाइको मात्रा घरका सदस्यको संख्यामा भर पर्छ। त्यसैले आजभोलि यहाँ भन्ने गरिन्छ, ‘जति धेरै सन्तान, उति बढी कमाइ यार्सा ।’ जेठाराले गाउँमा परिवार नियोजन गर्ने क्रम पहिलेभन्दा धेरै घटेको बताए। ‘पहिलेजस्तो परिवार नियोजन गर्न आजभोलि धेरैले मान्दैनन्’, उनले भने।
अन्नपूर्ण पोष्ट दैनिकबाट