२८ आश्विन २०८३, बुधबार

शिशु विषयमा पाटन अस्पताल तनावग्रस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahilaकाठमाडौं, ४ साउन । शिशु बेपत्ता भएको विषयलाई लिएर पाटन अस्पताल शनिबार दिनभर तनावग्रस्त बन्यो।

स्थानीय विकास मन्त्रालयका इन्जिनियर पुण्यराम सुलु र पत्नी अबिना श्रेष्ठले नवजात शिशु अस्पतालका नर्सले बेपत्ता पारेको आरोप लगाएपछि स्थिति तनावग्रस्त बनेको हो। अबिनाले सुत्केरी हुन तीन दिनअघि भर्ना भएको र शनिबार बिहान पाँच बजेतिर जन्माएको छोरा नर्सले सेकाउन भन्दै लगेपछि फिर्ता नदिएको आरोप लगाएकी छिन्।

अस्पतालले भने अबिना भर्ना नै नभएको र स्वास्थ्य जाँचका क्रममा उनी सुत्केरी नभएको दाबी गरेको छ। ‘उनी प्रसूतिका लागि भर्ना भएको हामीसँग कुनै रेकर्ड छैन। यसअघिको रिपोर्टले उनको युटेरस नट सिन भन्ने पुष्टिसमेत गरेको छ’, अस्पतालका प्रमुख डा. पवन शर्माले भने, ‘एकाबिहानै शिशु हराएको हल्लाखल्ला भएपछि हामी अचम्भित भयौं। उनको थप आन्तरिक स्वास्थ्य जाँच गर्‍यौं। त्यतिबेला भर्खरै सुत्केरी भएको होइन भन्ने पुष्टि भयो, उनको पाठेघर नै नभएको पनि पाइयो।’

यसअघि अबिनाले स्वास्थ्य जाँच गराएको काठमाडौंको सिद्धि पोलिक्लिनिकको रिपोर्ट देखाउँदै शर्माले भने, ‘यो रिपोर्टमा समेत उनको पाठेघर नभएको भनिएको छ, त्यसैले थप आशंकामा हामीले पुनस् सिटिस्क्यान गर्दा उनको पाठेघर नभएको पुष्टि भयो।’ उनले उक्त सिटिस्क्यानको रिपोर्ट भने देखाउन चाहेनन्। अन्नपूर्ण पोष्ट दैनिकबाट