टोकियो, ३ साउन । जापानका एक प्रान्तीय राजनीतिज्ञले मुलुकको घट्दो जन्मदरको समस्या समाधान गर्न विवाहित जोडीलाई जानाजान प्वाल परेको कन्डम वितरण गर्ने प्रस्ताव गरेका छन ।
महानगरपालिका सभासदस्य तोमोनागा ओसादाले यस प्रकारको प्रस्ताव राखेपछि कडा प्रतिकृयाको समाना पनि गर्नुपरेको छ ।
तर, उनलाई यस विषयमा माफी माग्न पनि बाध्य बनाइएको छ भने उनको भनाइबाट क्रुद्ध भएका व्यक्तिहरूले उहाँलाई गाली गर्दै फोन समेत गर्नेगरेका छन ।
ओसादाले आफूले निन्दनीय टिप्पणी नगरेको तर आफू यस विषयमा दुःखी भएको प्रतिकृया दिएका छन ।
उनले उक्त टिप्पणी सभाको नियमित बैठकमा गरेका थिए । उनले नवविवाहितको यौनसम्पर्क क्षमता विस्तार गर्न उनीहरूलाई जापानी सखरखण्ड लगायत क्षमता बढाउने खालका प्रयोगात्मक औषधी समेत वितरण गर्नुपर्ने पनि बताएका थिए ।
उनले जापानी प्रसारण संस्था एनएचके टीभीलाई आफ्नो नगरसभा राम्रो र मैत्रीपूर्ण स्थान होस भनी यसप्रकारको टिप्पणी गरेको बताए ।
उनले बालबालिका जन्माउन नसक्ने व्यक्तिको अपमान गर्ने वा उनीहरूको आलोचना गर्ने आफ्नो कुनै मनसाय नभएको बताए ।
जापानमा जन्मदर विश्वकै सबैभन्दा कम भएका मुलुक सरह मानिन्छ र टोकियो हाल द्रूत रूपमा बढिरहेको प्रौढ व्यक्तिमा भएको सामाजिक सेवा खर्च कम गर्न प्रयासरत रहेको छ । एएफपी












प्रतिक्रिया