२९ आश्विन २०८३, बिहिबार

समरपाको अन्त्येष्टि नेपालमै गर्न दिन संसद्‌मा माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Samar Rimpochheकाठमाडौं, ३ साउन । सभासद्हरूले बौद्ध गुरु समर रिम्पोचेको अन्त्येष्टि उनको इच्छाअनुसार नेपालमा गर्न दिन माग गरेका छन्। व्यवस्थापिका संसद्को शुक्रबार बसेको बैठकमा सभासद्हरूले राज्यले कुनै धर्म र आस्थालाई कुण्ठित गर्न नपाउने बताए।

सभासद् रामकुमार राईले समरपाको शव नेपालमा दाहसंस्कार गर्न दिँदा उत्तर र दक्षिणको राजनीतिमा प्रभाव नपर्ने दाबी गरे। ‘राज्यले कुनै धर्म र आस्थालाई कुण्ठित गर्न पाइँदैन’, उनले भने, ‘समरपाको अन्त्येष्टि नेपालमै गर्न पाउनुपर्छ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट