काठमाडौं, ३ साउन । कतारका महान्यायाधिवक्ता (एटोर्नी जनेरल) डा.अलिदिन फितास अलमेरीले आफ्नो निजी जहाजमा नेपाल भ्रमण गरेका छन्। उनी उडान नम्वर क्युआर ७४५१ को जहाजबाट आफ्ना ६ जना सहकर्मीसहित बिहीबार बिहान दोहाबाट काठमाडौं आएका थिए।
काठमाडौं आए लगत्तै अलमेरीले उपराष्ट्रपति परमानन्द झा, कानुन मन्त्री नरहरि आचार्य र महान्यायाधिवक्ता बाबुराम कुँवरसँग छुट्टा छुट्टै भेट गरेका थिए। उनी नेपालस्थित कतार दूतावासमा पुगेर महान्यायाधिवक्ता कार्यालय आएका थिए।
एक्कासी भएको उनको भ्रमण २०२२ मा कतारमा हुन लागेको विश्वकप फुटवलका बेला श्रमिकको कानुनी हक र मानवअधिकारको विषयमा आउन सक्ने आलोचनालाई दृष्टिगत गरी त्यस अगावै वातावरण बनाउन हुनसक्ने तर्क सरकारी अधिकारीको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट















प्रतिक्रिया