२८ आश्विन २०८३, बुधबार

ऊर्जाबारे भारतीय प्रस्ताव सार्वजनिक गर्न माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paniकाठमाडौं, ३ साउन । जलविद्युत् आयोजना निर्माणसम्बन्धी भारतले पठाएको प्रस्तावको सरोकारवाला तथा विज्ञले विरोध गर्दै त्यसलाई सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

जलस्रोत विकास संस्था र नेपाल पानी सदुपयोग फाउन्डेसनले शुक्रबार राजधानीमा आयोजना गरेको ुनेपाल(भारत पानी र ऊर्जा सम्बन्ध विकासका चुनौतीु विषयक पानी सत्संगमा विज्ञहरूले भारतीय प्रस्ताव सार्वजनिक गरेर राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरे।

पूर्वजलस्रोत सचिव डा। द्वारिकानाथ ढुंगेलले नेपालले सन् २०१० मै पठाइसकेको विद्युत् व्यापार सम्झौता मस्यौदालाई पूरै बेवास्ता गरेर भारतले छुट्टै मस्यौदा पठाउनु दुर्भाग्यपूर्ण भएको बताए। ुनेपालले पठाएको मस्यौदा र अहिले भारतले पठाएको दस्ताबेज सार्वजनिक गरेर छलफल गरौुं, उनले भने।

पूर्वजलस्रोतमन्त्री लक्ष्मणप्रसाद घिमिरेले भारतले पठाएको प्रस्तावमा ुविद्युत् व्यापार सम्झौताु भन्‍ने शीर्षक नै नभएको र नेपालको जलविद्युत्मा भारतबाहेक तेस्रो पक्षको प्रवेश निषेध उल्लेख भएको भन्दै नदीनाला, जलविद्युत् र पानीसित सम्बन्धित सबै कुरा एउटै सम्झौतामा गरिए दुर्भाग्यपूर्ण हुने बताए। भारतीय प्रस्तावमा ऊर्जामन्त्री राधा ज्ञवालीले घिमिरेसहित पूर्वजलस्रोत तथा पूर्व ऊर्जामन्त्रीहरूसँत छलफल गरेकी थिइन्।
अन्नपूर्ण पोष्ट दैनिकबाट